मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरूङको जित सुनिश्चित भएको छ। मनाङको एक मात्र प्रतिनिधि सभा क्षेत्रमा गुरूङले जित हात पक्का भएको हो।
१ सय ४० मत गन्न बाँकी छँदा टेकबहादुरले एमालेका पाल्देन छोपाङ गुरूङसँग ३०६ मतले अग्रता लिएका हुन्।
टेकबहादुर गुरुङ २०७० सालमा संविधान सदस्यमा निर्वाचित भएका थिए। तर २०७४ को निर्वाचनमा उनी पाल्देन छोपाङसँग नै पराजित हुन पुगेका थिए।
मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालका अनुसार पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका टेकबहादुर गुरूङले २ हजार ४ सय ९४ मत र नेकपा एमालेका पाल्देन छोपाङ गुरूङले २ हजार १ सय ८८ मत प्राप्त गरेका छन्।
योसँगै नेपाली कांग्रेसले प्रतिनिधिसभामा दोस्रो सिटक पक्का गरेको छ। यसअघि मुस्ताङबाट योगेश गौचन थकाली विजयी भइसकेका छन्।