काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्।
सोमबार राति साढे १० बजेसम्मको मतपरिणाम अनुसार प्रदीप पौडेलले २५९१ मत पाएका छन्।
उनका मुख्य प्रतिस्पर्धी इश्वर पोखरेलले १६९८ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
उनीहरूबीच ८९३ मतको अन्तर छ।
यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणाले ९४८ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका रामप्रसाद उप्रेतीले ८७६ मत पाएका छन्।