सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २मा जनमत पार्टीबाट उम्मेदवार सिके राउतले प्रतिस्पर्धीहरूसँगको मतान्तर फराकिलो बनाउँदै गएका छन्।
सोमबार राति साढे १० बजेसम्मको मतपरिणाम अनुसार उनले ७ हजार ३५३ मत पाएका छन्।
उनका मुख्य प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले २ हजार ९२० मत पाएका छन्।
उनीहरूबीच ४ हजार ४३३ मतको अन्तर छ। यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर छन्।
उनले १ हजार ३५८ मत पाएका छन्