अर्घाखाँचीमा प्रतिनिधिसभातर्फको अहिलेसम्मको मत परिणामअनुसार एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै छ। मतगणना भएको ७०६८ मतमध्ये रायमाझीले ४०६८ मत प्राप्त गरेका छन्।
सत्ता गठबन्धनकी पुष्पा भुसालले २५८२ मत प्राप्त गरेकी छन्। रायमाझीभन्दा भुसाल १४८६ मतले पछाडि छन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा रायमाझी नै विजयी भएका थिए। त्यो बेला उनी माओवादी केन्द्रमा थिए। पछि नेकपा फुटेपछि रायमाझी माओवादी त्याग गरी एमालेमै बसेका थिए।