काठमाडौं क्षेत्र नम्बर ७मा प्रतिनिधि सभा उम्मेदवार नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले अग्रता लिएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार उनले १३५८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली १०६५ मत पाएका छन्।
यसअघि उनी श्यामकुमारभन्दा अगाडि थिए। तेस्रो स्थानमा भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीकी मानुषी यमि भट्टराई छिन्।
उनले ९६३ मत पाएकी छन्। उनले पराजुलीलाई नजिकबाट पछ्याइरहेकी छन्।