माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले छाडेको चितवन क्षेत्र नम्बर ३ मा समानुपातिकतर्फ अहिलेसम्मको मत परिणाम प्राप्त भएको छ।
यहाँ समानुपातिकतर्फ प्राप्त मतमा माओवादी चौथो स्थानमा छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिह्नले समानुपातिकतर्फ सबभन्दा बढी १२८५ मत ल्याएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले ४४४ मत प्राप्त गरेको छ भने एमाले ३९४ मतसहित तेस्रो स्थानमा छ।
यहाँ राप्रपाले २६८ मत ल्याएको छ।