काठमाडौंको क्षेत्र नम्बर ८मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्।
उनले हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई उछिनेका हुन्। विराजभक्तले ३०१७ मत पाएका छन्।
सुमनले भने २८११ मत पाएका छन्। उनीहरूबीच जम्मा २०६ मतको अन्तर छ।
तेस्रो स्थानमा नेकपा (एमाले)का शिवसुन्दर राजवैद्य छन्। उनले १३४७ मत पाएका छन्।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठ भने चौथो स्थानमा छन्।
उनले ११९७ मत पाएका छन्।