चितवन क्षेत्र नम्बर २ मा आइतबार मतगणना सुरू भएयता पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले हजार भोट कटाएका छन्।
पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारसँग उनको मतान्तर घट्दै गएको छ।
अहिलेसम्म ४८३३ मत गन्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले १७२६ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले १४५० मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। उनले ११०१ मत पाएका छन्।