रुपन्देही क्षेत्र नम्बर ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले २०३९ मत ल्याएर अग्रता कायम गरेका छन्। यस्तै नेपाली कांग्रेसका प्रमोद यादव १५११ मत ल्याई उनाई पछ्याएका छन्।
यस्तै जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १०७३ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर ४ मा जम्मा ५४०९ मतगणना भएको छ।
त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर ४(१) को जम्मा मतगणना ९२१० हुँदा लोसपाका कन्हैया बाँनिया अगाडी छन्। बाँनियाले
४०५१ मत ल्याउँदा नेपाली कांग्रेसका अष्टभुजा पाठकले २१६३ मत ल्याएका छन्। त्यस्तै जनमत पार्टीका जितेन्द्र नाथ शुक्लाले २१३० मत प्राप्त गरेका छन्।
प्रदेशसभा ४ (२) मा नेपाली कांग्रेसका वसिउद्धिन खान अगाडी छन्। उक्त क्षेत्रमा ४८४२ मतगणना हुँदा खानले १५८७ मत ल्याएका छन्। त्यस्तै लोसपाका मोहनलाल यादवले ८७४ र जनमतका अर्जुन प्रसाद जयसवालले ८७० मत ल्याएका छन्।