प्रतिनिधिसभाको रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले अग्रता कायमै राखेका छन्।
सोमबार मध्यान्न १२ बजेसम्म ३३९६ मत गन्दा पौडेलले १२५५ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका विष्णु पौडेलले पछ्याइरहेका छन्। पौडेलले १०७८ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका जनमुक्ति पार्टीका केशवबहादुर थापाले ८१९ मत ल्याएका छन्।