रूपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाणको अग्रता कायम छ।
प्रतिनिधसभा सदस्यको लागि खसेको २७०६ मत गणना गर्दा खाणले ११२९ मत प्राप्त गरेका छन्।
खाणलाई राप्रपाका दिपक बोहोराले ८६४ मतले पछ्याइरहेका छन्।
कुल १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेको उक्त क्षेत्रमा ९२ हजार ९ सय ७२ मत खसेको थियो।
अहिले उक्त क्षेत्रको मतगणना भैरहवा नमूना माविको भवनमा भइरहेको सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए।