रूपन्देही क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको मत गणना जारी छ। उक्त क्षेत्रमा एमालेका छविलाल विश्वकर्माले अग्रता लिएका छन्।
३६८९ मत गणना हुँदा छविलालले ११६० मत ल्याएका छन्। यस्तै उनलाई गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले ८१२ मतसहित पछ्याएका छन्।
त्यस्तै नागरिक उन्मुक्ती पार्टीका धनिराम चौधरीले ६८४ मत ल्याएका छन्।
यसअघि नागरिक उन्मुक्ति पार्टीका धनीराम चौभरीले अग्रता लिएका थिए। मतगणना बढ्दै जाँदा एमालेका छविलालले अग्रता लिएका छन्। गठबन्धनको समर्थन पाएका भुसाल दोस्रो स्थानमा छन्।
कूल १ लाख ३९ हजार ५६० मतदाता रहेको रूपन्देही १ मा ९५ हजार ९ सय ८७ मत खसेको निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिए।