रौतहट क्षेत्र नम्बर ३मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले अग्रता लिएका छन्।
पछिल्लो मत परिणामअनुसार उनले १०६७ मत प्राप्त गरेका छन्। यस्तै उनलाई अर्का स्वतन्त्र उम्मेदवारले पनि पछ्याइरहेका छन्।
उनलाई स्वतन्त्र उम्मेदवार ओमप्रकाशले पछ्याइरहेका हुन्। उनले ८०७ मत प्राप्त गरेका छन्।
नेकपा माओवादी केन्द्रका उम्मेदवार रविन्द्र पटेलले पनि ७१९ मत प्राप्त गरेका छन्।
प्रभु साहले नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएपछि सत्ता गठबन्धनले उनलाई समर्थन गर्ने निर्णय गरेको थियो।