काठमाडौं क्षेत्र नम्बर १ मा सुरूदेखि कडा प्रतिस्पर्धा हुँदै आएको नेपाली कांग्रेसका प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रबीच अहिले २५ मतको अन्तर छ।
सोमबार बिहान साढे १ बजेसम्म प्राप्त परिणामअनुसार कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले ४८२१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ४७९६ मत पाएका छन्।
यी दुईबीच आइतबार दिनभरि नै एकअर्कालाई उछिन्ने कार्य भइरहेको थियो। बीचमा रवीन्द्रले प्रकाशमानलाई पछि पारिसकेका थिए। अहिले पुन: प्रकाशमानले अग्रता लिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम यहाँ तेस्रो स्थानमा छन्। उनले २८०३ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार किरण पौडेलले २६९३ मत प्राप्त गरेका छन्।
नेपाल सुशासन पार्टीका रमेश खरेलले २१३० मत पाएका छन्।