काठमाडौंको क्षेत्र नम्बर ६मा प्रतिनिधि सभा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले दुई हजार ७९ मत पाएका छन्।
उनले उक्त मतसहित पहिलो स्थान कायम बनाएका छन्। यता दोस्रो र तेस्रो स्थानको लागि भने प्रतिस्पर्धा भइरहेको छ।
सुरूमा दोस्रो स्थानमा नेकपा एमालेका सर्वेन्द्र खनाल थिए। तर पछिल्लो समय नेपाली कांग्रेसका भिमसेनदास प्रधानले सर्वेन्द्रलाई उछिनेका हुन्।
भिमसेनदासले १४१२ मत पाएका छन्। यता खनालले भने १४०१ मत पाएका छन्।
उनीहरूबीच ११ मतको अन्तर छ।