प्रतिनिधि सभाको समानुपातिक तर्फको मतमा नेकपा एमाले अघि लागेको छ। नेकपा एमालेले जारी मतगणनामा अहिलेसम्म २५ हजार २ सय १५ मत प्राप्त गरेको छ।
एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसका २३ हजार ५ सय २४ मत छ।
त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ७ सय ७९ मत प्राप्त गरेको छ।
सञ्चारकर्मी रवि लामिछानले निर्वाचनको केही समय अघि मात्र खोलेको स्वतन्त्र पार्टीले समानुपातिकमा नेकपा माओोादी केन्द्रालाई समेत पछि पारेको छ।
नेकपा माओवादी केन्द्रको ८ हजार ४ सय ३४ मत छ। त्यसपछि क्रमश राप्रपाको ५ हजार ५ सय ५८ मत छ भने जनता समाजवादी पार्टीको २ हजार १ सय ४३ मत छ।
त्यस्तै सिके राउतको पार्टी जनमत पार्टीले पनि १ हजार ६ सय ५७ मत छ।
नेपाल मजदुर किसान पार्टीले १ हजार ६ सय ३ मत प्राप्त गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टीले १ हजार ३ सय ७८ र एकीकृत समाजवादीको १ हजार २ सय ९५ मत छ।
प्रतिनिधि सभामा समानुपातिकमा दलहरुले प्राप्त गर्ने मतको आधारमा १ सय १० सिटको बाँडफाँड हुन्छ। यस्तो बाँडफाँडमा लागि योग्य हुन दलहरुले सदर मतको ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्छ।