रोल्पामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन फराकिलो मतान्तरले अग्रता लिएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार उनले २२०८ मत पाएका हुन्।
यता उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले ५६४ मत पाएका छन्।
उनीहरूबीच १६४४ मतको अन्तर छ।