काठमाडौ क्षेत्र नम्बर ४ मा नेकपा एमालेका राजन भट्टराईले १० हजार मत कटाएका छन्।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार उनले १० हजार ७५ मत पाएका हुन्। तर यहाँ सुरूवातदेखि अहिलेसम्म नेपाली कांग्रेसका गगन थापाले अग्रता लिँदै आएका छन्।
उनले मतान्तर पनि फराकिलो बनाएका छन्।
थापा ३ हजार ५९५ मतले अगाडि छन्।
तेस्रो स्थानमा राप्रपाका ठाकुरप्रसाद श्रेष्ठ छन्। उनले भने १९ सय मत पाएका छन्।