सोमबार बिहान मतगणना सुरू भएदेखि नै काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रबीच कडा प्रतिस्पर्धा थियो।
यी दुई उम्मेदवारबीच एकअर्कालाई उछिन्ने क्रम दिनभरि नै चलिरह्यो। थोरै मतले कहिले सिंह अगाडि हुन्थे, कहिले मिश्र।
आखिरमा १३२ मतले प्रकाशमान सिंहले बाजी मारेका छन्। उनले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७०११ मत पाएका छन्।
कुल २७०१० मत खसेको यो क्षेत्रमा २११५ मत बदर भएको थियो। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम तेस्रो स्थानमा रहेका छन्। उनले नेकपा एमालेका किरण पौडेललाई उछिनेका छन्।
पुकार बमले ४११२ मत ल्याएका छन् भने किरण पौडेलले ३५०८ मत ल्याएका छन्। नेपाल सुशासन पार्टीका रमेश खरेलले पनि ३१२१ मत ल्याएका छन्।
यी पनि हेर्नुहोस्: