डडेल्धुरामा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र स्वतन्त्र उम्मेदवार सागर ढकालबीचको मतान्तर फराकिलो हुँदै गएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देउवा र ढकालबीच २ हजारभन्दा बढी मतको अन्तर छ।
देउवाले ३९९२ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार सागर ढकालले १९०८ मत पाएका छन्।
त्यस्तै बिपी कांग्रेसका कर्णबहादुर मल्लले १२९२ मत पाएका छन्।