जनमत पार्टीका अध्यक्ष सिके राउतले १० हजार मत कटाएका छन्।
निर्वाचन आयोगले पछिल्लो समय दिएको मतपरिणाम अनुसार उनले १० हजार २८१ मत पाएका छन्।
उनले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै गएका छन्।
उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव हुन्। उनले भने ४ हजार ४४० मत पाएका छन्।
सिके राउत उनीभन्दा ५ हजार ८४१ मतले अगाडि छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले भने १८६८ मत पाएका छन्।