नेकपा एमालेका महासचिव शंकर पोखरेल एक हजार मतले पछि परेका छन्। जारी मतगणनामा दाङ–२ मा माओवादीकी रेखा शर्माले ३६७४ मत प्राप्त गर्दा पोखरेलले २६५३ मत प्राप्त गरेका छन्।
दुई बीचको मतान्तर एक हजार २१ छ।
त्यस्तै राष्ट्रिय स्वत्नत्र पार्टीका विशाल अधिकारीले १०२३ मत प्राप्त गरेका छन्।
मतगणना प्रारम्भ भएदेखि नै शंकर पोखरेल मतगणनामा पछि परेका छन्।
विगतमा समानुपातिक प्रणालीबाट दुई पटक सांसद बनेकी रेखा शर्मा पहिलोपटक प्रत्यक्षमा चुनाव लडेकी हुन्।
त्यस्तै शंकर पोखरेल पनि २०५१ सालयता दाङ–२ बाट चुनिएर संसदमा पुग्न सकेका छैनन्। २०७४ मा पोखरेल प्रदेशको निर्वाचन लड्दै मुख्यमन्त्री बनेका थिए।