बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा दोब्बर मतले अघि लागेका छन्।
जारी मतगणनामा राणाले ६ हजार ८ सय ४ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले ३ हजार ४ सय १३ मत मात्र प्राप्त गरेका छन्।
बाँके-२ मा राप्रपा र एमालेले तालमेल गरेको छ। जसपाका मोहम्मद इस्तियाक राइ भने एक्लै मैदानमा उत्रिएका थिए।
सत्ता गठबन्धनका सुदिप नरसिंह राणाले भने ९ सय ४८ मत मात्र प्राप्त गरेका छन्।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसका उम्मेदवार सुदिपलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि समर्थन छ। तर धवल शमशेर र इस्कियाकभन्दा सुदिप निकै पछि परेका छन्।