गोरखा क्षेत्र नम्बर २मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ३ हजार ७८५ मत पाएका छन्।
उनले प्रतिस्पर्धीहरूसँग फराकिलो मतान्तर कायम बनाएका हुन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले भने ९३५ मत पाएका छन्। उनी र प्रचण्डबीच २८५० मतको अन्तर छ। तेस्रो स्थानमा नेकपा एमालेका अब्दुस मिया छन्।
उनले ८६४ मत पाएका छन्।
यसअघि उनी दोस्रो स्थानमा थिए। अहिले उनलाई कविन्द्रले उछिनेका हुन्।