नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चुनावी प्रतिस्पर्धामा पछि परेका छन्। उनलाई नेकपा एमालेका महेश बस्नेतले उछिनेका छन्।
इलाम क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका महेश बस्नेतले ३३०२ मत ल्याएर अग्रता लिएका छन्।
उनको तुलनामा नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल ३३३ मतले पछाडि छन्। खनालले अहिलेसम्म २९६९ मत पाएका छन्।