डडेल्धुरामा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र स्वतन्त्र उम्मेदवार सागर ढकालबीचको मतान्तर झन्डै ३ हजार पुगेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देउवा र ढकालबीच २९४८ मतको अन्तर छ।
देउवाले ५३८९ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले २४४१ मत पाएका छन्।
त्यस्तै बिपी कांग्रेसका कर्णबहादुर मल्लको मत १५७१ छ।