रूपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाणको अग्रता कायम छ।
प्रतिनिधिसभा सदस्यको लागि खसेको मतमध्ये ४५३० मत गणना गर्दा खाणले १९४१ मत प्राप्त गरेका छन्। खाणलाई राप्रपाका दिपक बोहोराले १४३६ मतले पछ्याइरहेका छन्।
जनमतका प्रमोद कुमार राउतले २७८ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा हालसम्म गणना भएको मतमा ३६१ मत बदर भएको
सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए।
कुल १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा ९२ हजार ९ सय ७२ मत खसेको थियो। उक्त क्षेत्रको मतगणना भैरहवा नमूना माविको भवनमा भइरहेको छ।