गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका सचिव गोकर्ण विष्टले निरन्तर अग्रता कायमै राखेका छन्।
मंगलबार बिहान पछिल्लो मत परिणाम अनुसार विष्टले ७ हजार ७५६ मत ल्याएर अग्रता लिइरहेका छन्।
उनलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले ५ हजार ५९१ मतले पछ्याइरहेकी छन्।
विष्ट झाक्रीभन्दा २३५० मतले अगाडि छन्।
उक्त क्षेत्रमा १ लाख ४ हजार ३२७ कुल मतदाता रहेकोमा ५८७५६ मत खसेको थियो।