दाङको क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार अनुराग खड्का निकटतम प्रतिस्पर्धी भन्दा ५५७ मतान्तले अगाडि पुगेका छन्।
गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका २८ वर्षीय छोरा अनुरागले पछिल्लो सार्वजनिक मत परिणाम अनुसार १९३० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता कुलबहादुर खत्रीले १३७३ मत प्राप्त गरेका छन्।
त्यस्तै यहाँ ढकिया चुनाव चिन्हका उम्मेदवार भक्तिराम चौधरीले ६३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरखबहादुर केसीले १४०, मंगोल नेशनल अर्गनाइजेसनका टिकलाल चौधरीले २१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजकुमार विश्वकर्माले ८ मत प्राप्त गरेका छन्।