काठमाडौंको क्षेत्र नम्बर ५मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।
पछिल्लो तथ्यांक अनुसार प्रदीपले ६१८१ मत पाएका छन्।
उनका प्रतिस्पर्धी इश्वर पोखरेलले ४३६५ मत पाएका छन्।
१५ हजार ७९७ मत गन्दा उनीहरूबीच १८१६ मतको अन्तर छ।
प्रदीपले यहाँ सुरूवात देखि नै अग्रता लिँदै आएका छन्।