रूपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका भरतकुमार शाह ३२७९ मतका साथ अग्रस्थानमा छन्।
शाहलाई एमालेका वासुदेव घिमिरेले ३१२७ मतले पछ्याइरहेका छन्। त्यस्तै हाम्रो नेपाली पार्टीका भीष्मकुमार रानाले ७५४ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ५ को मतगणना गैंडहवा गाउँपालिकाको नयाँ प्रशासनिक भवनमा भइरहेको छ। कुल १ लाख २९ हजार १ सय ३५ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ७ सय ३६ मत खसेको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए। मतगणना जारी छ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर ५ 'क' मा एमालेका भूमिश्वर ढकालको अग्रता कायमै छ। ढकालले ३३७५ मत ल्याउँदा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका विनाेद पहाडीले १९१२ मत प्राप्त गरेका छन्।
त्यसैगरी हाम्रो नेपाली पार्टीका कमल ढकालले १२३० मत प्राप्त गरेका छन्।