प्रतिनिधि सभातर्फ सुर्खेत-२ मा नेपाली कांग्रेसका हृदयराम थानीले फराकिलो मतसहित अग्रता कायमै राखेका छन्।
२५ हजार ३२१ मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका थानीले ११ हजार ८८५ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीले ९ हजार ४४३ मत ल्याएका छन्। थानी एमालेका उम्मेदवार क्षेत्रीभन्दा २ हजार ४४२ मतले अगाडी छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर चुनाराले १ हजार ३८३ मत ल्याएका छन्।
गणना भएका कुल मतमध्ये १ हजार ३४६ मत बदर भएको छ।