भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले अग्रता उल्टाएका छन्। उनले नेकपा एमालेका शेरधन राईलाई पछि पार्दै अग्रता उल्टाएका हुन्।
किरातीले एक हजार ५४१ मत ल्याएका छन् भने राईले एक हजार ८५ मत प्राप्त गरेका छन्। भोजपुरमा यी दुई जनाबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराती नै निर्वाचित भएका थिए। तर त्यो बेला एमाले र माओवादी एकता गरेर नेकपा गठन भएको बेला थियो।
भोजपुरमा लामो समयदेखि नै यी प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धा हुँदै आएको छ। २०६४ मा सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए। तर २०७० को निर्वाचनमा शेरधनले सुदनलाई हराएर बदला लिए।
२०७४ को चुनावमा भने किराती प्रतिनिधि सभा र राई प्रदेश सभामा उम्मेदवार बनेका थिए। उनीहरू दुबै जना विजयी भएका थिए।