काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता कायमै राखेका छन्।
अहिलेसम्म ३७ हजार दुई सय ३२ मत गणना भएको छ। थापाले १७ हजार पाँच सय १७ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले अहिलेसम्म ११ हजार ९ सय ४८ मत ल्याएका छन्।
राप्रपाका ठाकुरमोहन श्रेष्ठले २ हजार २ सय ६८ मत ल्याएका छन्। यो क्षेत्रमा एमालेका राजनभन्दा कांग्रेसका थापा ५ हजार पाँच सय ६८ मतले अघि छन्।