मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला र एकीकृत समाजवादीका विरोध खतिवडाबीच रोचक प्रतिस्पर्धा भइरहेको छ।
पछिल्लो मतपरिणाम अनुसार बर्तौला र खतिवडाबीच ३५१ मतको मतान्तर रहेको छ। बर्तौलाले ५ हजार ६७१ मत प्राप्त गरेका छन् भने खतिवडाले ५ हजार ३२० मत ल्याएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली एक हजार ५२६ मतसहित तेस्रो स्थानमा छन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा विरोध खतिवडा निर्वाचित भएका थिए। तर त्यो बेला उनी एमालेमा थिए। पछि एमाले फुटेपछि उनी माधव नेपालले खोलेको एकीकृत समाजवादी पार्टीमा गएका हुन्।