पाँचथरमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ र नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेबीच कडा प्रतिस्पर्धा भइरहेको छ। केही समयअघि कांग्रेसका आङ्देम्बे अगाडि रहेकोमा अहिले फेरि एमालेका नेम्वाङ अगाडि देखिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २ हजार ७०० मत प्राप्त गरेका छन् भने आङ्देम्बेले २ हजार ६८७ मत ल्याएका छन्। अहिले यी दुईबीच जम्मा १३ मतको फरक रहेको छ।
यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका नेम्वाङ विजयी भएका थिए।