सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवले मतान्तर बढाउन लागेका छन्।
हालसम्मको मतपरिणाम अनुसार रायले १८२५ मत ल्याएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले भने १३३१ मत प्राप्त गरेका छन्।
एमालेका राजनारायण साहले ८८६ मत ल्याएका छन्। निवर्तमान सांसद रायलाई सत्तारूढ गठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार बताएको छ।