सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले झण्डै ७ हजार २ सय मतको अग्रता लिएका छन्।
हालसम्मको गणनामा राउतले १४ हजार ४ सय ६८ मत ल्याएका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने ७ हजार २ सय ७१ मतसहित दोस्रो स्थानमा छन्।
राउत र यादवबीचको मतान्तर ७१९७ रहेको छ।
राउत सुरूदेखि नै फराकिलो अग्रता लिएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २९२८ मत ल्याएका छन्।
मतगणना अहिले जारी छ।