रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन्।
नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीनभन्दा आचार्य १८ सय बढी मतले अघि छन्।
पछिल्लो मतपरिणाम अनुसार आचार्यले ४ हजार ५७२ मत ल्याउँदा एमालेका छोवाङ तेन्जीन तामाङले २ हजार ७५० मत प्राप्त गरेका छन्।
रसुवामा यी दुई प्रतिस्पर्धीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
यीबाहेक अन्य उम्मेदवारहरूले भने सय मत पनि कटाएका छैनन्।