डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल अहिलेसम्म दोस्रो स्थानमा छन्।
नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले २०४८ सालदेखि चुनाव जित्दै आएको यो क्षेत्रमा ढकालले जारी मतगणनामा अहिलेसम्म देउवाले पाएको मतभन्दा आधा मत पाइरहेका छन्।
पछिल्लो समय १९ हजार ५ सय ९६ मत गन्दा ढकाले पाए ५ हजार १ सय ९३ मत पाएका छन् भने देउवाले ९ हजार ७ सय ७३ मतसहित अग्रता कायमै राखेका छन्।
प्रधानमन्त्री देउवालाई हराउने भन्दै गुल्मीका ३१ वर्षीय ढकालले केही महिनाअघि डडेल्धुरामा गएर चुनावी अभियान थालेका थिए।
मतगणनाको सुरूदेखि नै उनले यहाँ उल्लेख्य मत ल्याइरहेका छन्।
यहाँ कांग्रेस (बिपी) कर्ण मल्लले २ हजार ६ सय ९४ मत पाएका छन्।