चितवन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले मतान्तर बढाउँदै लगेका छन्। १८८२५ गणना हुँदा उनले ६३६७ मत पाएका छन्।
लगातार तेस्रो स्थानमा रहँदै आएका एमालेका सुरेन्द्र पाण्डे पछिल्लो मतपरिणाममा दोस्रोमा उक्लेका छन्। उनले ५३९९ मत पाएका छन्।
नेपाली कांग्रेसका विश्व पौडेलले ५२९५ मत पाएका छन्। मतगणना जारी छ।