गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण बिष्ट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीभन्दा २२ सय मतले अघि छन्।
पछिल्लो मतपरिणामअनुसार बिष्टले ११ हजार १३८ मत ल्याएका छन् भने झाँक्रीले ८ हजार ९४३ मत प्राप्त गरेकी छन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका बिष्ट नै विजयी बनेका थिए। त्योबेला झाँक्री पनि एमालेमै थिइन्। पछि एमाले फुटेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि झाँक्री माधवतिर गएकी हुन्।