सर्लाही क्षेत्र नम्बर १ मा पनि स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले अग्रता कायमै राखेका छन्।
हालसम्मको मतपरिणाम अनुसार उनले ४ हजार ८२७ मत ल्याउँदा सत्तारूढ गठबन्धनका रामप्रकाश चौधरीले ४ हजार २६१ मत ल्याएका छन्।
एमालेले टिकट नदिएपछि खड्काले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
जनता समाजवादी पार्टीका प्रमोद साहले २६६४ मत ल्याएर तेस्रो स्थानमा छन्।
सर्लाही ४ मा पनि कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेश सिंहले नै अग्रता लिएका छन्।