दैलेखका दुइटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एउटामा एमाले र एउटामा गठबन्धनले अग्रता लिएका छन्।
१ नम्बर निर्वाचन क्षेत्रमा एमाले र २ नम्बरमा गठबन्धनले अग्रता लिएका छन्।
दैलेख-१ मा १३ हजार ८३४ मत गन्दा नेकपा एमालेका रविन्द्रराज शर्माले अग्रता लिएका छन्।
उनले ५ हजार ९३१ मत ल्याएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार अम्मरबहादुर थापाले ५ हजार ७२५ मत ल्याएका छन्।
सुरू मतगणनामा अग्रता लिएका थापालाई उछिन्दै शर्माले फेरि अग्रता लिएका हुन्।
दैलेख-१ मा राप्रपाकी उम्मेदवार कुन्तिकुमारी शाहीले १०१२ मत पाएकी छन्।
दैलेख-२ मा भने मतगणना सुरू भएदेखि नै गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले अग्रता लिएका छन्।
२० हजार ११ मत गनिसक्दा शाहीले ९ हजार ८ मतसहित अग्रता लिएका छन्।
नेकपा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोख्रेलले ७ हजार ८८२ मतसहित शाहीलाई पछ्याइरहेका छन्।
राप्रपाका उम्मेदवार लोकेन्द्र गिरीले २२१ मत ल्याएका छन् भने नेपाल मजदुर किसान पार्टीका केशेन्द्र कार्कीले १ हजार ३१६ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बखतबहादुर भण्डारीले ३८७ मत ल्याएका छन्।