काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले लगातार अग्रता लिइरहेका छन्।
यहाँ मतगणना जारी छ।
अहिलेसम्म ३२ हजार ८० मत गणना गरिएको छ। यहाँ ४५ हजार ९ सय ८७ मत खसेको थियो।
पौडेलले १० हजार ५ सय ७२ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले ७ हजार २ सय १९ मत ल्याएका छन्। उनीहरूबीच यहाँ ३ हजार ३ सय ५३ मतान्तर छ।