चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५ हजार १२८ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ मत ल्याएका छन्।
यसैगरी नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ७०६ मतसहित तेस्रो स्थानमा छन्।