चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग मतान्तर घटाउँदै लगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार ढकाल र पाण्डेबीच ३१९ मतको फरक रहेको छ। अहिलेको ताजा मतपरिणाम अनुसार ढकालले ६ हजार ३६७ मत ल्याएका छन् भने पाण्डेले ६ हजार ४८ मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसका विश्वनाथ पौडेल ५ हजार ५९१ मतसहित तेस्रो स्थानमा छ।