माओवादी केन्द्रका वर्षमान पुनले अग्रता फराकिलो पारेका छन्।
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको रोल्पाको पछिल्लो मत परिणाम अनुसार पूर्वअर्थमन्त्री पुनले ६८६८ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढाले २०६१ मत प्राप्त गरेका छन्।
यी दुई बीचको मतान्तर ४८०७ रहेको छ। यो १०९७३ मत गणना गर्दाको परिणाम हो।
पुनका प्रतिस्पर्धी बुढा निर्वाचनभन्दा केही समय पहिला एमाले प्रवेश गरेका थिए।