झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवाले अग्रता कायम राखेका छन्।
ताजा मतपरिणाम अनुसार साँवाले राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई उछिन्दै अग्रता कायम गरेका हुन्।
साँवाले ४ हजार २०४ मत ल्याएका छन् भने ढकालले ४ हजार १७० मत प्राप्त गरेका छन्।
यी दुईबीच अहिले जम्मा ३४ मतको फरक रहेको छ।
यस्तै नेपाली कांग्रेसका देउकुमार थेवे २ हजार ४६७ मतसहित तेस्रो स्थानमा छ।