प्रतिनिधिसभा कास्की–३ बाट एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले अग्रता कायम राखेका छन्।
उक्त क्षेत्रको १९ हजार ९३६ मत गन्दा बैरागीले ६ हजार ४८७ मत पाएका छन्।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएर दोस्रो स्थानमा छन्।
यस्तै, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामजी बराल ‘जीवन’ ४ हजार ४८४ मतसहित तेस्रो स्थानमा छन्।
जीवन गण्डकीका अर्थमन्त्रीसमेत हुन्।